काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ ।
विवेकशील साझाका बागमती प्रदेश सांसद रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै यस निर्वाचन प्रक्रियामा सामेल नहुने जानकारी दिएको हो ।
चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा अपेक्षा गरेको भूमिका निर्वाह हुनेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टी निर्वाचन प्रक्रियामा सामेल नहुने नसक्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । विवेकशील साझाका बागमती प्रदेशमा रहेका तीन सांसद मतदाता रहेका छन् ।