च्यासलमा एमालेको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

च्यासलमा एमालेको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ ।

लामो सयमदेखि बालुवाटारमा बस्दै आएको बैठक केपी शर्मा ओली प्रधानमन्त्री पदमुक्त भएपछि भने शुक्रबार च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बैठक बसेको हो । बैठकमा तीन एजेण्डामा केन्द्रित रहने बताइएको छ । आजको बैठकले पार्टी एकताका लागि कार्यदलले तयार पारेको सहमतिमाथि छलफल गरी अनुमोदन गरिने बताइएको छ ।

यसका साथै बैठकमा प्रतिनिधिसभा विघटन र सर्वोच्च अदातलको फैसलामा पार्टीको आधिकारिक धारणाबारे छलफल हुनेछ ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा आलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलार्य मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा बोल्दै ओलीले आफूहरुमाथि अन्याय भएको भएपनि उत्तेजित नहुने र नआत्तिएर जनता माझ जाने बताएका छन् ।

अध्यक्ष ओलीले आज नै संसदीय दलको बैठक पनि बोलाएका छन् । बैठक आज दिउँसो बस्ने भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);