काठमाडाैं । नेकपा एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी र दिउँसो तीन बजे केन्द्रय कमिटी बैठक आह्वान गरेकाे हो ।
स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ । बैठकमा एमालेको विधान महाधिवेशन, पार्टी एकतालगायत विषयमा छलफल हुनेछ ।
एमाले विधान संशोधन दस्तावेज आज सुरुमा बस्ने स्थायी कमिटीमा पेश हुने र स्थायी कमिटीले अनुमोदन गरेपछि उक्त विधान संशोधन केन्द्रीय समिटीमा पेश गर्ने कार्यसूचि रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमाले लामो समयदेखि आन्तरिक विवादमा छ । झलनाथ खनाल र माधव नेपालले एमालेको एउटा पक्षको नेतृत्व गरेका छन् भने केपी शर्मा ओलीले अर्को पक्षको नेतृत्त्व गरेका छन् र केही महिना यता एमालेका दुई समूहका छुट्टाछुट्टै बैठक बस्दै आएका छन् ।
आजका दुवै बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्नेछन् ।