कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ हैः डा. भट्टराई | ईमाउण्टेन समाचार

Our Network

असोज २ २०८३, शनिबार

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ हैः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका नेता डा.बाबुराम भट्टराईले प्रतिगमनको खतरा अझै आउन सक्छ भन्दै चेतावनी दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत् कोरोनाको झै प्रतिगमनको पनि नयाँ भेरियन्ट आउन सक्ने भन्दै चेतावनी दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनको कदमलाई इंगित गर्दै पहिलो असंवैधानिक भेरियन्टलाई पराजित गरेपनि दोश्रो संवैधानिक वा मद्यावधी चुनाव आउन सक्ने बताएका छन् ।

यसबाट बच्नका लागि उनले नेताहरुलाई विशेष गरी एमाले माधवकुमार नेपाल पक्षका नेताहरुलाई इंगित गर्दै आफ्ना पार्टी वा गुटतिर नफर्कौं भन्दै अपिल गरेका छन् ।

उनले लेखेका छन्–‘‘सामाजिक सञ्जालमा भट्टराई लेख्छन् – कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अतः ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !’’

Leave a Reply

ताजा समाचार