कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु-याएको भन्दै सभापति देउवाप्रति रामचन्द्र पौडेलको आक्रोश | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु-याएको भन्दै सभापति देउवाप्रति रामचन्द्र पौडेलको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएको समयमा नहुने निश्चित जस्तै भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोशित भएका छन् ।

नेता पौडेलले सोमबार बिहान सामाजिक सञ्जालमा वर्तमान नेतृत्वको चरम असफलता र लापर्बाहीका कारण नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पु-याएको भन्दै आक्रोश पोखेका छन् ।


पार्टीको विधानले तोकेको चार वर्षको कार्यकालपछि महाधिवेशन हुन नसकी असाधारण परिस्थिती भन्दै एक वर्ष थपेर पनि संविधानको सहायतामा ६ महिना समय थप्दा पनि महाधिवेशन हुन नसकेको भन्दै पौडेलले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।

कांग्रेको १३ औं महाधिवेशन २०७२ फागुन २४ गते भएको थियो । त्यसपछि हालसम्म निर्वाचन हुन नसक्दा सभापति देउवा आलोचित हुँदै आईरहेका छन् । चार वर्ष भित्र महाधिवेशन गर्नु पर्ने भएपनि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद थप गरिएको थियो ।

सो समयमा समेत महाधिवेशन हुन नसक्दा कांग्रेसले संविधानको सहायता लिँदै ६महिनाको म्याद थप गरेको थियो जुन आगामी भदौ २३ मा सकिंदैछ । उनले लेखेको छन्–‘‘पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिती भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । ’’

यसअघि कांग्रेसले भदौ १६ गते देखि १९ गतेसम्म १४ औं महाधिवेशनको मिति तोकेको थियो तर बढ्दो कोरोना संक्रमण र क्रियाशिल सदस्यता विवादका कारण तोकिएको समयमा महाधिवेशन हुन नसक्ने नेताहरुले बताउँदै आएका छन् ।

यस्तो परिस्थितीमा कांग्रेसले निर्वाचन आयोगसंग छलफल गरी पार्टीका म्याद थप्ने विषयमा छलफल अघि बढाईरहेको छ । यसैलाई नेता पौडेलले कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु-याएको आरोप लगाउका हुन् ।

उनले लेखेका छन्–‘‘आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलार्य निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पु¥याएको छ । यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ?’’

उनले सभापति देउवा प्रति आक्रोश पोख्दै सर्वत्र असफल व्यक्तिहरु बारम्बार देशेका नेतृत्वमा पुग्नु देशर्क विडम्वना भएको समेत टिप्पणी गरेका छन् । ‘‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता सम्हाल्न पुग्छन् ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);