पार्टीलाई एकताबद्ध बनाएर लैजाने देउवाको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टीलाई एकताबद्ध बनाएर लैजाने देउवाको भनाई

deuba

कास्की, २९ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन् । शुक्रवार नेपाल महिलासंघ कास्कीले गरेको नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति देउवाले नयाँ बर्षको शुभारम्भ पार्टी एकताको रुपमा हुनुपर्ने उल्लेख गरे ।

उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने भन्दै त्यसमा सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए । उनले बर्तमान सरकारले जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप समेत लगाए ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेर्नुपर्ने उल्लेख गरे । उनले निर्धारित समयमा महाधिवेशन नभए कांग्रेसलाई अपूरणीय क्षति हुने चेतावनी दिए ।
नेता पौडेलले कांग्रेसलाई बलियो पार्टी बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);