गणतन्त्रको घोषणापछि नागरिकमा असन्तुष्टि झन् बढ्यो ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गणतन्त्रको घोषणापछि नागरिकमा असन्तुष्टि झन् बढ्यो !

काठमाडाैं, २९ चैत । देशमा ३० वर्षे लामो निर्दलीय पञ्चायती ब्यवस्थाको अन्त्य भइ बहुदलीय प्रजातन्त्रीक व्यवस्था सुरु भएको २९ वर्ष पुरा भएको छ । बहुदलीय प्रजातन्त्र स्थापनापछि पनि मुलुकमा राजाफालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दश वर्ष पुरा भएको छ । तर, नागरिकको जीवनस्तरमा आसातित सुधार आउन भने सकेको छैन ।

पछिल्ला सात दशकमा धेरै खाले राजनीतिक परिवर्तन भएका छन् । राजनीतिक दलले थालेको आन्दोलनमा नागरिकको साथकै कारण १०४ वर्षे जहानीय राणा शासन, ३० वर्षे निर्दलीय पञ्चायन देखि जन्मकै आधारमा राष्ट्रप्रमुख हुने २४० वर्ष लामो राजतन्त्र समेत अन्त्य भएको छ ।

देशमा बहुदलीय प्रजातन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्दा ठुलठुला परिवर्तन नागरिकको साथकै कारणसम्भव भएका छन् । तर, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको एक दशकमा पनि नागरिकको जीवनस्तरमा सुधार आउन सकेको छैन ।

परिवर्तनको विशेषता भनेको परिवर्तनप्रति नागरिकको समर्थन र त्यसबाट नागरिकमा उत्साह आउने अवस्था हो । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनपछि नागरिकलाई रोजगारीको सृजना हुन नसक्नु, नागरिकको जीवनस्तरमा सुधार आउन नसक्नु, तथा सामाजिक आर्थिक क्षेत्रमा सुधारात्मक परिवर्तन हुन नसक्दा नागरिक निराश बनेका छन् ।

नेपालमा सात सालमा प्रजातन्त्र आएपनि त्यसको उपभोग १५ सालको पहिलो आमनिर्वाचन पछि जम्मा १८ महिना मात्र नागरिकले गर्न पाए । देशमा त्यसपछि ३० वर्षसम्म पञ्चायति व्यवस्थाको अभ्यास भयो ।

नागरिक स्वतन्त्रतामा ध्यान दिन नसकेका कारण ३० वर्षमा पञ्चायति व्यवस्था ढलेपनि त्यस यता बाक स्वतन्त्रता मिले अन्य क्षेत्रमा व्यवस्थित सुधार आउन सकेको छैन । बरु भ्रष्टाचार मौलाईरहेको भन्दै नागरिक आक्रोसित छन् ।

परिवर्तन पछि सबैभन्दा धेरै सत्तामा बसको नेपाली कांग्रेस र तत्कालिन एमाले हुन् । सबै नेता सहमत नभएपनि केही नेता भने नागरिक समाजले लगाएको आरोपप्रति केही नेताहरु सहमत देखिन्छन् ।

कांग्रेस नेता धनराज गुरुङ्ग दश बर्षमा समृद्ध नेपाल बनाउने आधार भएपनि राजनीति गर्ने मानिसको नियतमा परिर्वतन हुन नसकेकै कारण राजनीति भ्रष्ट्राचारमा डुबेको स्वीकार गर्छन् । गुरुङ २०१६ सालमा विपी कोईरालाको सरकारको पालामा र ४८ सालदेखि ५१ सम्म आसाका किरण देखिएपनि त्यसयता देश नेताहरुको स्वार्थको शिकार बनेको बताउँछन्।

नेकपा नेताहरु भने देशमा रोजगारी सृजना भएको, सडक बिस्तार भएको र धेरै क्षेत्रमा सुधार भएको दावी गर्दै बाँकी काम पनि क्रमिक रुपमा हुने बताउँछन् ।

२०१६ सालमा भएको आर्थिक सामाजिक क्षेत्रको सुधार, तथा २०४८ सालपछिको आर्थिक परिसूचकका सुधार सकारात्मक छन् । त्यस यता पनि नागरिकको जीवनस्तरमा केही सुधार नभएका होइनन् ।

तर, जति सुधार हुने समय हुन्छ त्यति नै नेताहरुमा गैरजिम्मेवारी बढ्दै जानुले नागरिकमा निराशा बढाएको छ । त्यसैले नेता तथा जनप्रतिनिधिले जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);