लोकतन्त्रप्राप्तीपछि पनि जनताको जीवनस्तरमा सुधार आएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

लोकतन्त्रप्राप्तीपछि पनि जनताको जीवनस्तरमा सुधार आएन

loktantra diwas

तेजना पण्डित
काठमाडौं, ११ बैशाख । नेपालमा लोकतन्त्र स्थापना भएको १२ बर्ष पुरा भएको छ । १२ बर्षको अवधिमा ११ वटा सरकार फेरिए तर जनताको जीवनस्थतरमा भने सुधार आउन सेकेको छैन । लोकतन्त्र प्राप्तीका लागि सडकमा मानवसागर उर्लियो, दई दर्जनभन्दा बढी नागरिकले प्राण उत्सर्ग गरे भने कयौं घाइते भए तथापी लोकतन्त्रप्राप्तीपछि नागरिकको जीवनस्तरमा सुधार आउने कुनै काम भएन ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले दलहरुको मार्गचित्र अनुसार संसद् पुर्नस्थापना गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन गरेको संसद् जनआन्दोलन पश्चात २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् पुर्नस्थापनाका लागि तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीले ८ बुँदे सम्झौता गरी आह्वान गरेको अन्दोलनमा १९ दिनसम्म जनता स्वतस्फूर्त रुपमा सडकमा आए ।

आन्दोलनका क्रममा दुई दर्जनभन्दा बढीले प्राण उत्सर्ग गरे भने कयौं घाइते भए । लोकतन्त्रप्राप्ती पछि ११ वटा सरकार परिवर्तन भए । दलहरु सत्ताकेन्द्रित हुँदा नागरीकको जीवनस्तरमा परिवर्तन आउने कुनै काम भएन ।

दलका नेताहरु भने अझै अर्कालाई दोष लगाएर आफू पन्छने कोसिस गरिरहेका छन् । कांग्रेस नेता शेखर कोइराला लोकतन्त्र आएपनि नेताहरुको सोचमा परिवर्तन नआउँदा जनताले लोकतन्त्रको अनुभव गर्न नपाएको बताउछन् ।

लोकतन्त्रपछि थुप्रै राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासका एजेण्डाले प्राथमिकता पाउनसकेको छैन । राजनीतिक दलको सत्ताप्राप्ती र पहुँचवालाले राजनीतिक परिवर्तनको फाइदा उठाएपनि तल्लो तहकाहरुले लोकतन्त्रको अनुभव गर्न पाएका छैनन । जनतालाई लोकतन्त्रको अनुभूति गराउन राजनीतिक दलहरु केन्द्रित हुनुपर्ने विश्लेषकको सुझाव छ ।

लोकतन्त्रप्राप्ती पछिको लामो संक्रमणकालको पनि अन्त्य भइसकेको छ । देश संघीय संरचनामा पनि गइसकेको छ । अबको अवस्थामा पनि नागरिकको सुशासन र समृद्धिको सपना पुरा गर्न राजनीतिक दलहरु केन्द्रीत नहुने हो भने लोकतन्त्र प्राप्तीका लागि नागरिकले गरेको संघर्षको कुनै अर्थ रहने छैन । लोकतन्त्रलाई संस्थागत गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सत्तापक्ष र प्रतिपक्ष जनताप्रति उत्तरदायी हुन जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);