आज १३ औं लोकतन्त्र दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज १३ औं लोकतन्त्र दिवस

loktantra

काठमाडौं, ११ बैशाख । आज १३ औं लोकतन्त्र दिवस । मुलुकमा लोकतन्त्र स्थापना भएको १२ वर्ष पूरा भएको छ । तत्कालीन राजा ज्ञानेन्द्रले दलहरुको मार्गचित्र अनुसार संसद् पुर्नस्थापना गरेको दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन भएको संसद् दलहरुको आन्दोलनपश्चात २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् पुर्नस्थापनाका लागि तत्कालीन सात राजनीतिक दल र नेकपा माओवादीले ८ बुँदे सम्झौता गरी २४ दिन लामो संयुक्त आन्दोलन गरेका थिए ।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा जनताले ठूलो सहभागिता जनाएपनि तथा दुई दर्जनभन्दा बढीले प्राण उत्सर्ग गरेपनि लोकतन्त्र प्राप्ति पश्चात जनताको जीवनस्तरमा देखिने किसिमको परिवर्तन आउन सकेको छैन । बरु यसबीचमा ११ वटा सरकार गठन भए । राजनीतिक दलका नेताहरु जनताको जीवनस्तरमा सुधार ल्याउन ध्यान दिनुको साटो पालैपालो पटक पटक सत्ताको सुख लिएर रमाएका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);