एमालेको ‘युथ सेलिब्रेसन’ आज | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८३, शुक्रबार

एमालेको ‘युथ सेलिब्रेसन’ आज

२०८२,१,११

आज १९ औँ लोकतन्त्र दिवस। लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मनाइँदै छ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ गते विगठन गरेको संसद् पुनः स्थापना गरी हातमा लिएको शासन सत्ता २०६३ वैशाख ११ गते नेपाली जनताले फिर्ता लिएको दिनको रूपमा लोकतन्त्र दिवस मनाउने गरिन्छ। विसं २०६२, ०६३ को आन्दोलनपछि तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासन अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो। लोकतन्त्र दिवसको अवसरमा आज नेकपा एमालेले काठमाडौंमा ‘यूथ सेलिब्रेशन’ गर्दै छ। लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजेबाट यूथ सेलिब्रेशन मनाउन लागेको हो।

सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू काठमाडौंमा भेला हुने क्रम जारी छ। कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताउनुुभयो। कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उनकोृ भनाई छ ।

कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त सम्बोधन गर्ने तयारी छ। बाँकी सबै वक्ताहरू युवा हुने छन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रमको सहजीकरण गरिरहेका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुुभयो । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन्। कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ।

आजको कार्यक्रम नितान्त फरक कार्यक्रम हुने ढुङ्गेलले बताए। कार्यक्रमबाट निस्किँदा सहभागीले नयाँ सन्देश लिएर फर्कने उनले दाबी गरे।

Leave a Reply