प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन नगर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले आज सदनलाई सम्बोधन नगर्ने

बैशाख १२ बिहिबार ।
सङ्घीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ ।आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।प्रचण्ड’ गोरखा भूकम्प गएको १० वर्ष पुगेको सन्दर्भमा आयोजित कार्यक्रममा सहभागी हुन बारपाक पुगेका छन ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि देशबाहिर छन । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।प्रतिनिधिसभामा आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने कार्यसूची छ ।

Leave a Reply