ओलीले लोकतान्त्रिक व्यवस्तामाथि हमला गरे -प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ओलीले लोकतान्त्रिक व्यवस्तामाथि हमला गरे -प्रचण्ड

prachanda

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्तामाथि हमला गरेको बताएका छन् । आइतबार पुनःस्थापित प्रतिनिधिसभाको बैठलाई संवोधन गर्दे प्रचण्डले ओलीमा भएको फरक मतलाई स्वीकार गर्न नसकिने तर्क गरेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाको शपथमा उपस्थित नभएको र पुनःस्थापित प्रतिनिधि सभामा सम्बोधन गर्नु आवश्यक नठान्नू लोकतान्त्रिक चरित्र नभएको भन्दै ओलीको आलोचना गरेका छन् । पचण्डले भने आज पुनःस्थापित संसदको पहिलो बैठकमा सदनले ओलीको मुखबाटै केही कुरा सुन्न चाहेको थियो। त्यो पनि भएन।

यो अस्वभाविक लाग्यो। यही हो लोकतन्त्र भन्द्र प्रश्न गरेका छन् । अहिले आएर प्रतिपक्षीले प्रणाली नै सकिन लाग्यो भनेर गोहीको आँशु चुहाउनुको कुनै औचित्य नरहेको तर्क गरेका छन् । उनले भने, ‘पहिलो पटक संसद विघटन गर्दा मलाई पार्टीमा काम गर्न दिइएन त्यसैले संसद विघटन गरेँ भनियो। पार्टीको विवादले संसद विघटन गर्न पाइन्छ? यो कुन लोकतन्त्र हो भन्दै उनले प्रश्न गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);