राष्ट्रपतिलाई देउवाको आग्रह प्रधानमन्त्रीको कार्यकर्ता भएर काम नगर्नुस : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रपतिलाई देउवाको आग्रह प्रधानमन्त्रीको कार्यकर्ता भएर काम नगर्नुस : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपतिले केपी ओलीको इसारमा कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको बताएका छन् । शनिबार बानेश्वर स्थित संसद् भवनमा आयोजित पत्रकारहरुसंगको अन्र्तक्रियामा बोल्दै शभाति देउवाले यस्तो बताएका हुन् ।

बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी गर्दा राष्ट्रपतिबाट पारित नभएको भन्दै उनले आक्रोस व्यक्त गरे । सभापति देउवाले आफूहरुले अदालतलाई प्रधानमन्त्री बनाउनुप¥यो भनेर दवाव दिन नखोजेको तर संविधानको व्याख्या चाहीँ अदालतले गरिदिनुप¥यो भन्न खोजेको तर्क गरेका छन् ।

राष्ट्रपतिलाई कुनै समस्या परेको भए सनाखतका लागि पुन खोधन सकिने ठाँउ भएको भन्दै उनले मध्य रातमा गरिएको कार्य गलत भएको तर्क गरे । देउवाले बर्तमान प्रधानमन्त्री केपी ओली लोकतान्त्रिक र संविधानको मर्यादालाई नमान्ने अधिनायकवादी शैलीको नेता भएको समेत आरोप लगाएका छन् ।

सभापति देउवाले संसद पुर्नस्थापन गरेर आफूलाईनै अदालतले प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्ने छ भन्नेमा आफू विश्वास्त रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);