मैले राजा राम्रो भन्न खोजेको होइन : दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मैले राजा राम्रो भन्न खोजेको होइन : दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले राजा राम्रो भन्न नखोजेको स्पष्ट पारेका छन् ।

शनिबार विपक्षी गठबन्धनको पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले राजा राम्रो भन्न नखोजेको र व्यंग्य मात्र गरेको भन्दै स्पष्ट पारेका हुन् ।

उनले आफूले हालको राष्ट्रपतिले राजाको समयमा जति पनि काम गर्न नसकेको भन्दै व्यंग्य मात्र गरेको बताएका हुन् । आफू आजिवन गणतन्त्रका लागि लड्ने मान्छेले राजसंस्थाको पक्षमा बोलेको भन्ने गलत व्याख्या गरिएको दाहालको भनाई छ ।

गएको बिहीबार अन्तर्किया कार्यक्रममा राष्ट्रपतिको आलोचना गर्ने क्रममा अध्यक्ष दाहालले राष्ट्रपतिको भन्दा राजाहरुको नै शान र मान भएको भन्दै टिप्पणी गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);