दाहालले आफूलाई अस्थिर भनेर व्यंग्य नगर्न चेतावनी दिए | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाहालले आफूलाई अस्थिर भनेर व्यंग्य नगर्न चेतावनी दिए

Prachanda

काठमाडौं, २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई अस्थिर भनेर व्यंग्य नगर्न चेतावनी दिएका छन । माओवादी अध्यक्ष दाहालले चितवनमा शनिबार आयोजित कार्यक्रममा एमाले छाडेर कांग्रेस र कांग्रेस छाडेर एमालेमा जानुको कारण सुनाउँदै अस्थिर भनेर व्यंग्य नगर्न चेतावनी दिएका हुन ।

उनले प्रधानमन्त्री बन्नका लागि नभइ पार्टीहरुबीचको तिक्तता तथा मधेस र पहाडबीचको बढेको दुरी घटाउन आफूले गठबन्धन फेरेको भन्दै आफूले फेरि अर्को फड्का हान्न सक्ने बताए । उनले त्यो फड्को बारे भने स्पष्ट पारेनन् । अस्थिर भनेर आरोप लगाइएपनि आफूसँग अप्ठ्यारो पर्न लागेका बेला कुनै न कुनै उपाय निकालेर अघि बढ्ने क्षमता रहेको उनको दाबी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);