प्रधानमन्त्री र राष्ट्रपतिको कदमले प्रजातन्त्रमा खतरा आइपुग्यो : सभापति देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रधानमन्त्री र राष्ट्रपतिको कदमले प्रजातन्त्रमा खतरा आइपुग्यो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षप गरेर राजनीतिक संकट पैदा गरेको बताएका छन् ।

नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसको अवसरमा जुम मार्फत् आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपतिले अप्रजातान्त्रिक र असंवैधानिक हस्तक्षेप गरेर राजनीतिक संकट पैदा गराएको बताएका हुन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदमले प्रजातन्त्रमा पनि खतरा आइपुगेको उनले बताए ।

आफुले प्रधानमन्त्रीको लागि बहुमत भन्दा बढी सदस्यको हस्ताक्षर गरेर बुझाएको भएपनि राष्ट्रपतिले प्रमाणित गर्ने प्रयास समेत नगरीकन संसद विघटन गरेको उनले उल्लेख गरे । राष्ट्रपतिले प्रधानमन्त्रीले भन्न बित्तिकै मान्नु नहुने भन्दै उनले राष्ट्रपतिले पनि संविधानको ठाडो उल्लंघन गरेको बताए । प्रधानमन्त्री र राष्ट्रपतिका कदमविरुद्ध सर्वोच्च अदालत गएकाले अदालतले न्याय गर्नेमा सभापतिले देउवाले विश्वास व्यक्त गरे ।

कोभिड १९ को संक्रमणले भयानक अवस्था सिर्जना गरेको भन्दै देउवाले सडक आन्दोलनमा जानु नहुने बताए । जनतामा गएर झन कोभिड फैलाउने अपराध गर्नु नहुने उनले स्पष्ट पारे । मिडियालाई आवाज उठाउन र प्रतिनिधि सभा विघटनको विरुद्धमा जनमत सिर्जना गर्न पनि उनले आग्रह गरे । संविधानलाई खतम पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले त्यस्तो षड्यन्त्रलाई अदालतले परास्त गर्नेमा विश्वास व्यक्त गरे ।

सभापति देउवाले आफुले पार्टीको अधिवेशन गराएन भन्ने कलंक आफ्नो टाउकोमा राख्न नचाहाने पनि बताए । पार्टीको आगामी अधिवेशन सम्पन्न गर्नका लागि आफु तयार रहेको उनले स्पष्ट पारे ।

त्यसैगरी नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र राष्ट्र बचाउनुपर्ने सवाल अहिलेको प्रमुख सवाल रहेको भन्दै राष्ट्र बनाउने मुख्य शक्ति नेपाली कांग्रेस भएको बताए । नेपाली कांग्रेस सक्षम र एकताबद्ध हुन सकेनभने लोकतन्त्र र राष्ट्रको रक्षा गर्न नसकिने पनि उनले बताए । उनले भने – ‘आज लोकतन्त्र बचाएर राष्ट्र बचाउने सवाल छ । त्यो बचाउने मुल शक्ति भनेको नेपाली कांग्रेस । लोकतन्त्रको पहरेदार नेपाली कांग्रेस सक्षम हुन सकेन, सवल हुन सकेन, एकतावद्ध हुन सकेन भने यो लोकतन्त्र र राष्ट्रको रक्षा गर्नेकुरा कमजोर पर्न जान्छ ।’

संविधानत्ः निर्धारित मितिमै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिदैँ नेता पौडेलले हालसम्म टुंगो लागेका क्रियाशिल सदस्यहरुलाई मात्रै महाधिवेशन प्रतिनिधि बनाएर महाधिवेशन गर्न सकिने विकल्प अघि सारे । त्यस्तै १३ औँ महाधिवेशनकै प्रतिनिधिबाटै भएपनि महाधिवेशन गर्नुपर्ने उनले बताए । एक वर्षे कार्यकालका लागि भएपनि महाधिवेशन गर्नुपर्ने नेता पौडेलले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);