वकिलहरुद्धारा पूर्ण इजलास गठन गर्न प्रधानन्यायाधिसलाई आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

वकिलहरुद्धारा पूर्ण इजलास गठन गर्न प्रधानन्यायाधिसलाई आग्रह

काठमाडौँ। वकिलहरुले प्रतिनिधि सभा विघटविरुद्ध सर्वोच्चमा परेका मुद्धाहरुको सुनुवाई गर्नका लागि संवैधानिक इजलास नभइ बृहत् पूर्ण इजलास गठन गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाले सवै रिटको सुनुवाई संवैधानिक इजलासमा गर्न निर्देशन गरेलगतै वकिलहरुले पूर्ण इजलास गठन गर्न माग गरेका हुन् ।

कानुन व्यवसायीले संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि ११ जनाभन्दा धेरै न्यायाधीशको बृहत् पूर्ण इजलास तत्काल गठन हुनुपर्नेमा जोड दिए ।

बिहीबार बहसका क्रममा अधिवक्ता लोकेन्द्र ओलीले पुन प्रतिनिधिसभा विघटन हुँदा गम्भीर संवैधानिक व्याख्या गर्नुपर्ने भएकाले बृहत् संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन मुद्दा हेर्नुपर्ने माग गरे ।

गत पुस ५ गते संसद विघटन भएपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइका क्रममा समेत बृहत् पूर्ण इजलास गठनको माग उठेको थियो।

Leave a Reply

ताजा समाचार