सरकार कमिसनको खेलमा लागेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सरकार कमिसनको खेलमा लागेको देउवाको आरोप

काठमाडौँ । विपक्षी गठबन्धनले ओली प्रवृत्ति अन्त्यका लागि सवै नागरिक एक हुनुपर्नेमा जोड दिएका छन् । बुधबार गठबन्धनले आयोजना गरेको नागरिक समाजसंगको साक्षात्कार कार्यक्रममा जोड दिएका हुन् ।

कांग्रेस सभापति शेर बहादुर देउवाले सरकार कमिसनको खेलमा लागेर कोरोनाविरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन् । देउवाले कमिसनोका खेलले खोप आन नसकेकाले जनता मृत्युवरण गर्न वाध्य भएको उल्लेख गरे ।

जनताको जीवन बचाउन पनि कमिसन खानेले देश बनाउला भन्ने केवल भ्रम भएको भन्दै देउवाले आफू नेतृत्वको सरकार बनेपछि छिमेकी मूलुकरुसंगको सम्बन्धलाई थप मजबुत बनाउने बताएका छन् । उनले भारतसंग खुला सिमा भएको भन्दै यही आधारमा छिमेकीसंगको सम्बन्ध सुद्धढ हुने उल्लेख गरे ।

संविधानको धारा ७६ को ९५० अनुसार जुनसुकै सांसदले बहुमत जुटाउनसके व्यवस्थामा टेकेर प्रधानमन्त्रीको दाबी गरेको भएपनि राष्ट्रपति कार्यकर्ताजस्तो बनेर संसद भंग गरेको तर्क गरेका छन् । विपक्षी गठबन्धनका नेताहरूले यसअघि सञ्चारकर्मी, वृद्धिजीवीहरूसँग पनि संसद विघटनका बारेमा छलफल गरिसकेका छन् ।

उनिहरुको छलफल निरन्तर अझै चल्न सक्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);