‘सरकारका विरुद्ध माधव नेपाल बोलिसके, हाम्रा साथी एक शब्द बोल्दैनन्’ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘सरकारका विरुद्ध माधव नेपाल बोलिसके, हाम्रा साथी एक शब्द बोल्दैनन्’

sher bdr deuwa

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकारले विधिको शासन नमानेको आरोप लगाएका छन्।

ओली सरकार बिरुद्ध अन्तिम लडाइ लडनु पर्ने बेला आएको उनको भनाई छ। ओली सरकार दुनीयाकै सबैभन्दा बढी भ्रष्टाचारी र स्वेच्छाचारी भएको उल्लेख गर्दै देउवाले सरकारको अधिनायकवाद बिरुद्ध कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने बेला आएको बताएका हुन्।

राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनकालागि प्रदेश पाँचको भैरहवामा गरिएको कार्यशाला गोष्ठीलाइ सम्बोधन गर्दै बिहीबार सभापति देउवाले अधिनायकवादी सरकारबाट प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रलाइ नै खतरा रहेको दावी गरकाे समाचार नागरिक दैनिकमा छ।

कम्युनिष्ट अधिनायकवाद बिरुद्ध लडन कांग्रेस बलियो हुनुपर्ने भन्दै देउवाले अन्तरघातको पुरानो रोगबाट मुक्त भर्इ सरकारको सर्वसत्तावाद र स्वेच्छाचारी कदम बिरुद्ध लड्नु पर्नेमा जोड दिए। ‘हत्या हिंसा, बलत्कारका घटना बढीरहेका छन्। महंगीले जनता आक्रान्त छन्। जनताले सुरक्षाको अनुभुती गर्न पाएका छैनन। यस्तो पनि बहुमतको शक्तिशाली सरकार हुन्छ’देउवाले भने।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);