पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब भारतकै कारण पुनर्निर्माणमा खर्च नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब भारतकै कारण पुनर्निर्माणमा खर्च नहुने

money

काठमाडौं, ७ मंसिर । भूकम्पबाट भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ पुनर्निर्माणमा खर्च नहुने भएको छ । भारतकै सर्तका कारण रकम खर्च गर्न नसक्ने अवस्था बनेको हो । १२ वैशाख ०७२ को भूकम्पपछि भारत सरकारले पुनर्निर्माणका लागि १ खर्ब रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

‘भारतीय आयात–निर्यात (एक्जिम) बैंकबाट १ प्रतिशत ब्याजदरमा लिने भनिएको ७५ अर्ब भारतकै सर्तका कारण पुनर्र्निर्माणमा खर्च हुन नसक्ने अवस्था आयो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने । अब सो रकम अन्य परियोजनामा खर्च गरेर त्यसबराबरको रकम पुनर्निर्माणका लागि सोधभर्ना गरिदिन अनुरोध गर्न लागिएको उनले बताए । याे खबर अाजकाे नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);