भारतद्वारा नेपाललाई १ अर्व ६० करोड रकम सहयोग हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतद्वारा नेपाललाई १ अर्व ६० करोड रकम सहयोग हस्तान्तरण

bharat ko sahayog

काठमाडौं, २७ जेठ । भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्व ६० करोड उपलब्ध गराएको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदुत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्व ६० करोडको चेक हस्तान्तरण गर्नु भएको हो । भारतले नेपालको निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता वापत १ अर्व ६० करोड रुपैयाँ उपलब्ध गराएको अर्थ सचिव राजन खनालले जानकारी दिनु भयो । भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यस अघि नै २ अर्व १० करोड रुपैयाँ उपलब्ध गराइ सकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदुत सिंहले नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने बताउनु भयो ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलै धनजनको क्षति भएपछि भारत लगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);