कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई विश्व बैंकले ८ अर्व बढी रकम दिने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई विश्व बैंकले ८ अर्व बढी रकम दिने

काठमाडौं, ७ चैत। कोरोना भाइरसविरुद्धको खोप खरिद गर्नका लागि विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संघमार्फत नेपाललाई ८ अर्व ६२ करोड ५० लाख प्रदान गर्ने भएको छ ।

विश्व बैंकको प्रधान कार्यालय वासिङ्टनले शुक्रबार विज्ञप्ती जारी गर्दै नेपालको कुल जनसंख्याको ७० प्रतिशतभन्दा बढी नागरिकहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले यस्तो सहयोग गरेको जानकारी गराएको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित, प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति विश्व बैंकले यसतो निर्णय लिएको बताइएको छ । सो रकम खोप खरिद, वितरण, परीक्षण लगायत प्रयोगशालासम्बन्धी कार्यमा खर्च गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);