क्यान्सरको उपचार गर्न भारतदेखि नेपाल आउँछन् : डा.यादव (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

क्यान्सरको उपचार गर्न भारतदेखि नेपाल आउँछन् : डा.यादव (भिडियो)

काठमाडौं, ६ चैत। रोगहरु मध्येको सबैभन्दा खतरनाक रोग हो क्यान्सर । पहिलो कुरा त क्यान्सर पहिचान गर्नु रोग निको पार्नु जत्तिकै मानिन्छ । किनकी क्यान्सरको समयमै पहिचान हुन सके क्यान्सर रोगबाट बच्न सकिने सम्बन्धित चिकित्सहरु बताउँछन् ।

डा. विरेन्द्र कुमार यादव कुनै समय भारतको मेदान्त अस्पतालमा क्यान्सरपीडित नेपालीहरुको उपचार गर्दथे तर अहिले उहाँ झापाको पुर्वाञ्चाल क्यान्सर अस्पतालको मेडिकल डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ भन्नुहुन्छ भारतमा हुँदा नेपालीहरुको उपचार गर्दथे अहिले भारतका क्यान्सर पिढितहरुको उपचार गर्न पाउँदा खुशी लाग्छ ।

तर नेपालीहरु क्यान्सर उपचारका लागी भारत नजाने भने होइनन । रोग लागिसकेपछि बिरामीले आफ्नो उपचार कहाँ गर्ने भन्ने उहाँहरुको अधिकार हो,क्यान्सरको उपचार नेपालमा पनि उत्तिकै प्रभावकारी भएको डा. यादवको बुझाई छ । पुर्वाअन्चल क्यान्सर अस्पताल ३ सय शैयामा बनेको छ ।

क्यान्सरको उपचार गर्न अहिले विश्वस्तरिय अस्पतालले प्रयोग गरिरहेका उपकरण नै पुर्वाञ्चाल क्यान्सर अस्पतालमा जडान गरिएकाले बिरामीहरुले कुनै संकोच मान्नु नपर्ने डा. यादवको भनाई छ । अहिले प्रविधिको बिकास भएसँगै क्यान्सरको पहिचानमा सहयोग पुग्न थालेको छ । नेपालमा प्रत्येक बर्ष ३५ देखी ४० हजार जना विभिन्न क्यान्सरको नयाँ बिरामी थपिने गरेका छन् ।

क्यान्सरका लक्षणः
शरिरको कुनैपनि भागमा गाँठागुठी आउनु, बिशेषगरी महिलाहरुमा पाठेघर सुन्निनु सेतोपानी बग्नु,स्तनमा टाँक आकारका गाँठागुँठी देखिनु,खोक्दा रगत आउनु आदि लक्षण रहेका छन् ।

क्यान्सरका कारण :
क्यान्सर यो नै कारणले हुन्छ भन्ने हुँदैन । अब्यबस्थित जीवनशैली र अस्वस्थकर खानपानका कारण क्यान्सर रोग लाग्ने गर्दछ । बिषेशगरी माधक प्रदार्थ सेवन गर्ने चुरोट खैनी सेवन गर्ने मानिसमा क्यान्सर छिटो हुने गर्दछ । कुनै कुनै क्यान्सर बंशाणुगत गुणका कारण पनि हुने गरेको छ ।

बच्ने उपाए :
क्यान्सरबाट बच्ने पहिलो उपाए र उपचार भनेको त्यसको समयमै पहिचान गर्नु हो । अधिकांश बिरामी आफ्नो रोग समयमै पहिचान नहुँदा मृत्युको मुखमा पुग्ने गरेका छन् । क्यान्सरको पहिलो चरण हुँदै चौथो चरण सम्म पुग्दछ । पहिलो चरणमै रोगको पहिचान गर्नसके क्यान्सररोगबाट बच्न सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);