‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

‘क्यान्सर ह्याज नो एन्सार होइन, क्यान्सर ह्याज एन्सार भएको छ’

नगरकोट। कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा ‘नो’ भन्नु पर्ने अवस्था थियो । तर, अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भन्न सकिने अवस्था छ। तर, यसका लागि समयमै रोगको पहिचान भने हुनुपर्ने शनिवार आयोजित एककार्यक्रमका सहभागीहरूले बताए।

नेपाल क्यान्सर सपोर्ट ग्रुपले नगरकोटमा आयोजना गरेको ३०औँ ‘सुदिप्त क्यान्सर सर्भाइवर मिट’मा क्यान्सर निको भएका व्यक्तिहरूले क्यान्सरको उपचार सम्भव भएको बताएका हुन्। क्यान्सर उपचारका लागि सुरुमै पहिचान हुनुपर्नेमा जोड दिँदै उनीहरूले नेपालमै अन्तराष्ट्रियस्तरको क्यान्सरको उपचार हुने पनि बताए । त्यसकारण क्यान्सर भएकाहरूले आ–आफनो मनोबल नगिराउन उनीहरूको सल्लाह छ। नेपाल क्यान्सर सपोर्ट ग्रुपका अध्यक्ष दीलिप भटरार्इले क्यान्सर बारेको जनचेतना अझै व्यापक बनाउनु पर्ने औल्याए । क्यान्सरको पहिलो उपचार नै मनोबल रहेको भन्दै उनले मनोबल उच्च राख्न सबै बिरामीलाई सल्लाह दिए । नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष एवं सुदिप्त क्यान्सर सर्भाइवर मिटका संयोजक स्वरुपा श्रेष्ठले क्यान्सरको उत्तर रहेको भन्दै खुशीसाथ जीवन बिताउन सुझाइन् । क्यान्सर रोग निको हुने रोग रहेको भन्दै उनले ठिक समयमा उपचार गरे खुशीसाथ नयाँं जीवन जिउन सकिने जनाइन्। नेपाल क्यान्सर सपोर्ट ग्रुपका अर्का उपाध्यक्ष शशांक शर्माले क्यान्सर रोगको नेपालमै उपचार गरी निको भएको २१ वर्षको अनुभव सुनाए । महासचिव गणेशभक्त श्रेष्ठले ग्रुपले निरन्तर सचेतना कार्यक्रम गरिरहेको र त्यसलाई निरन्तर व्यापक रुपमा लैजाने योजना रहेको सुनाए। कार्यक्रममा क्यान्सरलाई परास्त गरी २५ वर्षभन्दा वढी सयमदेखि रोगमुक्त भएका दजर्नौ व्यक्तिले क्यान्सरबाट सचेत हुनुपर्ने तर भइसकेपछि डराउनु पर्ने अवस्था नरहेको अनुभव सुनाए । उनीहरुले क्यान्सर भएपछि उपचार गर्नुभन्दा हुनै नदिनमा भने विशेष सचेतना अपनाउन सुझाए।

कार्यक्रममा क्यान्सरलाई परास्त गरी स्वस्थ्य जीवन बाँंचिरहेका तीन दर्जन व्यक्तिले अनुभव सुनाउँदै क्यान्सर निको हुने र मनोबल उच्च राख्न अनुरोध गरे

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);