‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘रक्त क्यान्सरको कम खर्चमा उपचार गर्नेगरी योजना बनाउनुपर्छ’

नेपालगञ्ज । समयमा पहिचान र उपचार सुरु गरिए रक्त क्यान्सरको गुणस्तरीय र सुलभ उपचार नेपालभित्रै सम्भव भएको सो क्षेत्रका विज्ञले दाबी गरेका छन् ।

कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा रक्तरोगका बिरामीको लागि आयोजित स्वास्थ्य जाँच क्लिनिकमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरका हेमाटोलोजी एण्ड बोनम्यारो प्रत्यारोपण विज्ञ डा अजय कुमार झाले समयमा रक्त क्यान्सरको पहिचान र उपचार सुरु गर्नसके नेपालभित्रै यसको सुलभ र गुणस्तरीय उपचार सम्भव भएको दाबी गरेका हुन् ।

‘रक्त क्यान्सरका बिरामीहरू रोग पहिचान गर्नमा ढिलाइ हुने हुँदा उनीहरूको उपचार महंगो हुनुको साथै नतिजा पनि हात नआउने भएकाले समयमै पहिचान र उपचार सुरु गर्नुपर्ने हुन्छ । बेलैमा पहिचान र उपचार भएमा रक्त क्यान्सर निको हुन्छ,’ उनले भने । 

उनले रक्त क्यान्सरका बिरामीहरूको उपचारको लागि विज्ञ चिकित्सक अत्यन्तै न्यून रहेको र उनीहरू पनि काठमाडाैं उपत्याका सीमित रहेकाले उपचारमा बिरामीको पहुँच कठिन रहेकाले यसलाई तोड्नुपर्ने बताए ।  

‘स्थानीय, प्रदेश र संघीय सरकार सहकार्यबाट कम खर्चमा रक्त क्यान्सरको उपचार गर्नेगरी रणनीतिक योजना निर्माण गर्न आवश्यक रहेको छ’, उनले भने ।

रक्त कोषिकाको असामान्य विकासलाई रक्त क्यान्सर भन्ने जानकारी दिँदै उनले सामान्यतया रक्त क्यान्सर दुई प्रकारका हुने बताए । एएलएल (एक्युट लिम्फोब्लाष्टिक ल्युकेमिया) यो १६ वर्ष उमेरमुनिका बालबालिकामा धेरै देखिनुको साथै प्रभावकारी रुपमा उपचार गरेको अवस्थामा ७५ प्रतिशत बिरामी क्यान्सर मुक्त हुनसक्ने उनले बताए । उनले उपचार गर्न साधारणतयाः दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने डा. झाले बताए ।

यसैगरी एएमएल (एक्युट माइलोइड ल्युकेमिया) विशेषगरी १६ वर्षमाथिका व्यक्तिहरू युवा तथा वृद्धवृद्धामा देखिने र उही उपचार भएमा ५० देखि ६० प्रतिशतसम्म निको हुने डा झाको भनाइ छ ।

उनले बोनम्यारो प्रत्यारोपण गरेमा यस्ता बिरामी बाँच्ने सम्भावना ६० देखि ६५ प्रतिशतसम्म हुने जानकारी दिँदै यस किसिमको क्यान्सरको उपचार पद्धति जटिल तथा महँगो हुने बताए ।

बोनम्यारो प्रत्यारोपणबाट उपचार गर्न कम्तीमा पनि सातदेखि आठ लाख रुपैयाँ खर्च लाग्ने, वृद्धवृद्धामा समेत सामान्य मानिने यस्ता क्यान्सरका बिरामीकोे आयु लम्ब्याउने गरी उपचारको विधि अपनाइने बताए । 

रगत क्यान्सरको जटिल समस्याबाट उपचारपछि क्यान्सर मुक्त भएका प्यूठान नगरपालिका–१ का ५३ वर्षीय मिनबहादुर बस्नेतले आफूलाई लागेको रोगको जानकारी पाएपछि बाँच्ने आशा मरेको तर, भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचारपछि आफु निको भएको बताए । 

वैदेशिक रोजगारमा रहेका उनी तीन वर्षअघि रक्त क्यान्सरबाट ग्रसित भएको खुलेको थियो । उनी रक्त क्यान्सरमा एएमएल (एक्युट माइलोइड ल्युकेमिया)बाट ग्रसित रहेको र डा. झाकै प्रत्यक्ष निगरानीमा उपचार गराएपछि आफु क्यान्सरमुक्त भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);