नेपालमा थप ७९ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

नेपालमा थप ७९ जनामा कोरोना संक्रमण

काठमाडौं, ७ चैत। पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका  २ हजार ६३७ पीसीआर परीक्षणमध्ये ७९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८२  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ८१५  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ पुगेको छ।

Leave a Reply