नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण

काठमाडौं, ९ चैत। पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका  ४ हजार ४७२ पीसीआर परीक्षणमध्ये १ सय ५०  जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २०  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३  रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);