नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालमा थप १ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं, २१ फागुन । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएका ६ हजार १४३ पीसीआर परीक्षणमध्ये १ सय २० जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६०८  पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८३  जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ७६६  पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ८ सय ३२  रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);