बाँकेमा दोस्रो चरणको खोप लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बाँकेमा दोस्रो चरणको खोप लगाइने

रबिन्द्र घिमिरे
नेपालगन्ज, २१ फागुन । बाँकेमा दोस्रो चरणको खोप २३ गतेदेखि २५ गतेसम्म लगाइने भएको छ । पहिलो चरणमा छुटेका र ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको खोपबारे स्वास्थ्य कार्यालय बाँकेले यो अवधिमा २५ हजार ७ सय ८९ जनालाई खोप लगाउन लागिएको जानकारी दिएको छ ।

पहिलो चरणको खोप अभियान सफल भएको बताउदै बाँकेमा पहिलो चरणमा १० हजारले खोप लगाएको समेत जानकारी दिईएको छ । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङ्बाङले खोप अभियानलाई सफल बनाउन सबैसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको बताए ।

कोरोनाकालमा बाँकेमा देशकै उत्कृष्ट कार्य भएको बताउँदेै उनले जिल्ला बाहिरका धेरै कोरोना संक्रमितले बाँकेबाटै सेवा पाएको बताए । सबैको सहकार्यमा जिल्लामा उत्कृष्ट कार्य गर्न सफल भएको बताउँदै उनले दोस्रो चरणको खोप अभियानमा सकारात्मक सन्देश प्रवाह गर्दै सहयोग गर्न आग्रह गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);