नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले सात अर्ब रुपैयाँ सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकले सात अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडाैं । विश्व बैंकले नेपाललाई ७ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । विश्व बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि ६० मिलियन डलर अर्थात झण्डै सात अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय पारित गरेको हो ।

विश्व बैंकले दिने सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च हुनेछ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै आर्थिक अभावले उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने उल्लेख छ । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका देशीय निर्देशक फरिस हदाद जार्भोसले विश्व बैंकको यो सहयोग उच्च शिक्षाबाट दक्ष जनशक्ति उत्पादनमा र कोरोना महामारीका कारण प्रभावित भएको शिक्षालाई निरन्तरता दिन उपयोग हुने बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);