अवैध हतियारसहित भारतीय नागरिक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवैध हतियारसहित भारतीय नागरिक पक्राउ

सप्तरी। सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार उनलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका हुन् ।

बिओपी स्वर्णपट्टीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लाग्दा बोदे बरसाइन ९ बाट पक्राउ गरेका काफ्लेले जानकारी दिए । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र थप अनुशन्धान भइरेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);