भाइको हत्या अभियोगमा दाजुसहित अन्य दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

भाइको हत्या अभियोगमा दाजुसहित अन्य दुई जना पक्राउ

pakrau

महोत्तरी । आफ्नै भाइको हत्या अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार महोत्तरीमा दाजुसहित अन्य दुई जनालाई पक्राउ गरेको हो । लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या अभियोगमा सहोदर दाजु रामचन्द्र साह र भतिजा उमेश साहलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।

गत बुधबार घरमा कूलदेवताको पूजा गर्ने विषयमा दाजुभाइबीच विवादहँदा भाई लक्ष्मण घाइते भएका थिए । घाइते लक्ष्मणलाई उपचार गर्नेक्रममा शुक्रबार मृत्यु भएको थियो । दाजु भाईको घर झडडा विवादमा मुछिएका अन्य दुई जनालाई समेत शनिबार पक्राउ गरिएको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आर्चायाले जानकारी दिएका हुन् ।

उनीहरुलाई थप कारवाहीका लागि अनुशन्धान भइरहेको उपरीक्ष आर्चायाको भनाई छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);