कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ

महोत्तरी । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जलेश्वर नगरपालिका ५ पर्सापतैली बस्ने ७५ वर्षीय हरिदेव राउतको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६८ वर्षीय सुरेन्द्र राउतलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जग्गाको बिषयमा विवाद भई सुरेन्द्रले कुटपिट गर्दा हरिदेव राउतको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी पर्सापतैलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);