स्कुटरको नक्कली लाइसेन्ससहित महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

स्कुटरको नक्कली लाइसेन्ससहित महिला पक्राउ

licence

काठमाडौं, १ फागुन । नक्कली सवारी चालक अनुमति पत्रसहित ललितपुरको पुल्चोकबाट एक महिलालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको पोखरा जैमरी घर भई हाल ललितपुरको नखिपोट बस्दै आएकी ३५ वर्षीया कञ्चन गुरुङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

गुरुङले चलाएको बा ७८ प ५५ १० नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेक गर्दा गुरुङको साथबाट गंगा तामाङको नाममा रहेको ९०१-०६-००२४७९७० वर्ग के र सोही नम्बरको (वर्ग ए, बी) फोटो फरक–फरक भएको दुईओटा सवारी चालक अनुमति पत्र फेला पारेको हो ।

नियन्त्रणंमा आएकी गुरुङलाई २ थान सवारी चालक अनुमति पत्र र स्कुटरसहित थप अनुसन्धान तथा कारवाहीका लागी काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाइएको काठमाण्डौ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एंव प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);