बिमाको लोभले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

बिमाको लोभले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ

बर्दिया,२ फागुन । बिमा दाबी गर्ने मनासयले आफै गाडीमा आगजनी गर्ने चालक पक्राउ परेका छन् । बिमा दाबी गर्ने मनासयले आफै लु.२ ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुबन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मधुबन नगरपालिका–४ बसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो ।

माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बिमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);