६५ किलो गाँजासहित अटो चालक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

६५ किलो गाँजासहित अटो चालक पक्राउ

महोत्तरी,२० फागुन । करिब ६५ किलो गाँजासहित अटो चालक पक्राउ परेका छन् । बर्दिबास नगरपालिका–८ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ६५ किलोसहित सोही ठाउँ बस्ने ३२ वर्षीय राजु प्रसाद चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी हात्तिलेट र ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले ज.१ स ६५१७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोभित्र लुकाईछिपाई राखेको उक्त परिमाणको गाँजासहित अटो चालक चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);