लागूऔषधसहित ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

लागूऔषधसहित ६ जना पक्राउ

झापा,२० फागुन । लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ परेका छन् ।  बिर्तामोड नगरपालिका–२ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका–२ बेलडागी बस्ने ३२ वर्षीय अनिल लुईटेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको बुढिगंगा गाउँपालिका–२ बागवान बस्ने ३५ वर्षीया रिनादेवी सिंहलाई अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नेमुवा समेतबाट खटिएको प्रहरीले उनको घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम २ मिलिग्रामसहित बेल्डाडी गाउँपालिका(३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका–१३ भाईरल रोडबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने बस्तु करिब ४० ग्राम र १ थान खुकुरीसहित सोही नगरपालिका–१२ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बस्तुसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);