विद्यार्थी लक्षित चेकिङः ३७ जना विद्यार्थी चालकमाथि कारवाही  | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८३, मंगलबार

विद्यार्थी लक्षित चेकिङः ३७ जना विद्यार्थी चालकमाथि कारवाही 

काठमाडौं। स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अन्तरगत आज ३७ जना बिद्यार्थी चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा कागजपत्र साथमा नभएका १६ जना, सवारी चालक अनुमति पत्र प्राप्त नगरेका १४ जना, नम्बर प्लेट दुरुस्त नभएका ७ जना गरि ३७ जना विद्यार्थी चालकलाई कारवाही गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

साउन ३० गतेबाट शुरू भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार २०२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारवाही गरिसकेको छ ।

Leave a Reply

ताजा समाचार