गाईजात्रामा देखाइएका नाचमध्ये ख्याल प्याखंबाट ख्वप कलेज प्रथम  | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गाईजात्रामा देखाइएका नाचमध्ये ख्याल प्याखंबाट ख्वप कलेज प्रथम 

भक्तपुर। भक्तपुर नगरपालिकाले आयोजना गरेकाे गाईजात्रा पर्वको अवसरमा प्रदर्शन गरिएका नाचका विभिन्न विधामध्ये ख्याल प्याखं (प्रहसन) तर्फ ख्वप मावि देकोचा भक्तपुर प्रथम भएको छ। २९ साउनदेखि २ भदाैसम्म प्रदर्शन गरिएका सांस्कृतिक विधाहरूमा ख्वप प्रथम भएको नतिजा नगरपालिकाले सार्वजनिक गरेको हो । प्रतियोगिताअन्तर्गत उत्कृष्ट महिला कलाकारतर्फ पनि ख्वप कलेजकै पलिस्था रञ्जितकार प्रथम भएकी छन् । भविष्य नाटकबाट पलिस्था आधुनिकतर्फ उत्कृष्ट महिला कलाकार घोषित भएकी हुन् । सोही नटकका निर्देशकद्वय श्यासुन्दर शिल्पकार र राजेन्द्र श्रेष्ठ उत्कृष्ट निर्देशक घोषित भए ।  परम्परागत नाचहरूलाई प्रवर्द्धन गर्न भनी नगरपालिकाले जात्राको क्रममा प्रदर्शन हुने विभिन्न नाचका विधाहरूको मूल्यांकन गरी प्रत्येक वर्ष पुरस्कारसमेत प्रदान गर्दै आइरहेको छ । जात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गरेपछि जात्रामा यहाँं टोलटोलबाट सांस्कृतिक प्रदर्शन हुने गर्दै आएको छ।

नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने सांस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्राे र तेस्राे हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ।

गाईजात्राका क्रममा यहाँं दुई दर्जन विधाका सयौं प्याखं (नाच) पनि देखाइन्छ। यहाँं देवी नाच, भैल नाच, बाँंदर नाच, गाईचा नाच, लुसी नाच, फाकंदली नाच, नागाचा नाच देखाइन्छन् । साथै लाखे नाच, नटु (मथु) वाचा नाच, कंलाली नाच, जंगली नाच, भालु नाच, खिचा नाच , ख्या नाच, कवाँंचा नाचलगायतका नाच पनि देखाइन्छ । साथसाथै हनुमान, म्हेखा, किजापूजा, कपायफेनेगू, सलां नाच, झ्या झ्या नाचलगायतका नाच देखाइन्छ । गाईजात्राका क्रममा एउटै वडाबाट पनि दर्जनौं नाच, नाटक, प्रहसन प्रदर्शन गर्ने प्रचलन रहँंदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);