४२ जना स्कुल तथा कलेज बसका चालकमाथि कारवाही, पाँच जना मापसे गरी सवारी साधन चलाउने  | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

४२ जना स्कुल तथा कलेज बसका चालकमाथि कारवाही, पाँच जना मापसे गरी सवारी साधन चलाउने 

काठमाडौं।काठमाण्डौ उपत्यकामा आज ४२ जना स्कुल तथा कलेज बसका चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

कारवाहीमा पर्नेमा मापद पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने पाँच जना चालक रहेका छन् ।

बाँसबारी स्थित मिल्स बेरी कलेज, चोभार स्थित मोर्डन ईण्डियन स्कुल, चुच्चेपाटी स्थित मनास्लु स्कुल, कालिकास्थान स्थित ट्रिनिटी कलेज र बालकुमारी स्थित कान्जिरोवा कलेजका चालकलाई मदिरा सेवन गरी सवारी साधन चलाएको कसुरमा आज बिहान ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

यस्तै अवस्था ठिक नभएका सवारी चलाउने २९ र सिटबेल्ट नलगाउने ८ जना स्कुल तथा कलेज बसका चालकहरू पनि कारवाहीमा परेका छन् ।

Leave a Reply