मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

मापसे गरी एम्बुलेन्स र स्कुल बस चलाउने चालकमाथि कारवाही

ambulance

काठमाडौं । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज विहान २२७ जना चालकहरू कारवाहीमा परेका छन् । कारवाहीमा पर्नेमा १२५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स चालक, १ जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालकहरू रहेका छन् ।

कारवाहीमा पर्नेमध्ये चार जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने रहेको कार्यालयले जनाएको छ । मापसे गरी सवारी चलाउनेमा एक जना ट्याङ्कर चालक, एक जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र एक जना अन्य सवारी साधनका चालक रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);