कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना पक्राउ

सप्तरी । सप्तरीको रुपनी गाउपालीका १ स्तिथ रायपुरमा ५० वर्षीय रामदल यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४ जना २०७८ जेठ १० गत्ते सोमबार प्रहरीले पक्राउ गरेका हुन ।

पक्राउ पर्नेहरुमा सप्तरी, रुपनी गाउपालीका रायपुरम निवासी ३० वर्षीय बिनय यादव, ३० वर्षीय मनोज कुमार यादव, २४ वर्षीय मुकेश कुमार यादव र सप्तरी, खड्क नगरपालीका ५ निवासी ३१ वर्षीय महेश कुमार पासवान रहेका छन ।

२०७८ जेठ ६ गत्ते आपसी विवाद मा झगडा पर्न गइ रामदल यादवलाई ४ जनाले भुईमा लछार पछार गरी खुकरीले टाउँकोमा प्रहार गर्दा गटिभर चोट लागी घाईते भएका यादवलाई तत्काल उपचारको लागी स्थानीय युनिक अस्पताल रुपनीमा उपचार गराउँदा उपचार हुन नसकी थप उपचारको लागी विराटनगर स्थित गोल्डेन अस्पतालमा लगिएको र उपचारकै क्रममा जेठ १० गत्ते मृत्यु भएको हूँदा ४ जना आरोपितलाई पक्राउ गरी निजहरू माथी जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्यान मार्ने उधोग मुद्दा दर्ता गरीएको छ।

मृतकको शव मोस्टमार्टम को लागि अस्पताल लगिएकोे छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);