गृहमन्त्री खगराज अधिकारीद्वारा प्रहरी प्रधान कार्यलयको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गृहमन्त्री खगराज अधिकारीद्वारा प्रहरी प्रधान कार्यलयको निरीक्षण

काठमाडौँ । गृहमन्त्री खगराज अधिकारीले प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षणमा गर्न पुगेका गृहमन्त्री अधिकारीले शुरक्षा क्षेत्रलाई थप चुस्त दुरुस्त पार्न निर्देशन दिएका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिएको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

गृहमन्त्री अधिकारील भिडियो कन्फेरेन्समार्फत देशका ७ वटै प्रदेश प्रहरी प्रमुखहरुसंग कुरा गर्दे नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको हुनाले प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन समेत दिए ।

घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढनुपर्नेमा गृहमन्त्रीको जोड दिए। निरीक्षण क्रममा गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरेको प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);