एपीएफको कार्यालय पुगेर गृहमन्त्रीले भने– जनताले सुरक्षा फौजसँग आँखा जुधाएर कुरा गर्न सकोस् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एपीएफको कार्यालय पुगेर गृहमन्त्रीले भने– जनताले सुरक्षा फौजसँग आँखा जुधाएर कुरा गर्न सकोस्

काठमाडौं । उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उप–प्रधान तथा गृहमन्त्री लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाई म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउँदै विगतमा भएका कमजोरीहरुलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा रहेको बताउदै आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने– नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका बीर सपुत तपाईहरुलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होईन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु । जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा सहिद भएर मात्र देशभक्ति नहुने बताउदै लामिछानेले भन्नुभयो–‘अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति हो ।’

उनले मनमा जहिले पनि हामी थोरै छाँै तर पनि विशेष छौँ त्यसैले त ‘बल’ हो, भन्ने कुरालाई हरेक कर्मचारीले हृदयमा राखि सोही अनुसार कार्यसम्पादन गर्न सकियो भने हामी पनि भन्ने छौ ‘हामीसंग बल छ, त्यसैले त हामी बलिया छौ, हामी जे गर्ने छौ, राम्रो गर्ने छौ, कानुन सम्मत गर्ने छौ, आफ्ना लागि मात्र होईन जनताका लागि गर्ने छौ र राष्ट्रका लागि गर्ने छौ भन्ने भावना लिएर अगाडी बढ्नु जरुरी रहेको बताए ।

उप–प्रधान तथा गृहमन्त्री लामिछानेले सरकार बलियो हुनु भनेको जनताले विश्वास गर्नु हो, भरोषा राख्नु हो, त्यसैले सुरक्षा फौजसँग साधारण नेपालीले आँखा जुधाएर कुरा गर्न सकोस् तर कानुन विपरीत कृयाकलाप गर्ने सधै डराओस् र कहिल्यै शीर नउठाओस् भन्ने हामी सबैको चाहना रहेको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);