सिर्जना सापकोटा, काठमाडौं । व्यस्त सहरी जीवन, बढ्दो सवारी चाप, प्रदूषण र सीमित खुला स्थानका बीच केही समय शान्त वातावरणमा बिताउन, व्यायाम गर्न तथा परिवारसँग गुणस्तरीय समय बिताउन सार्वजनिक पार्क काठमाडौंवासीको रोजाइ बन्दै गएको छ ।
पछिल्लो समय मानसिक तनाव कम गर्न र स्वस्थ जीवनशैली अपनाउन पनि पार्क जानेको संख्या बढ्दो छ । तर, सार्वजनिक रूपमा सबैका लागि खुला यी मनोरञ्जनस्थल प्रयोगकर्ताका कति सुरक्षित छन् त ? व्यस्त सहरी जीवन, बढ्दो सवारी चाप र सीमित खुला स्थानका बीच काठमाडौंका सार्वजनिक पार्क सर्वसाधारणका लागि विश्राम, मनोरञ्जन र स्वस्थ जीवनशैली अपनाउने उपयुक्त गन्तव्य बन्दै गएका छन । बिहानदेखि बेलुकासम्म पार्कमा बालबालिकाको खेलकुद, युवाको व्यायाम, ज्येष्ठ नागरिको पदयात्रा तथा परिवारसँग समय बिताउनेहरूको चहलपहल हुने गररेकबो छ । पछिल्लो समय विभिन्न उमेर समूहकाहरू दैनिक व्यायाम, खुला वातावरणमा हिँडडुल र मानसिक तनाव कम गर्न सार्वजनिक पार्क पुग्ने क्रम बढेको छ ।
हरियाली वातावरण र शान्त परिवेशका कारण पार्कले नागरिकलाई केही समय प्रकृतिसँग जोडिने अवसर प्रदान गरेको छ । पार्कमा रहेका खेल सामग्री, हिँड्ने बाटो र व्यायामका उपकरणले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई समय बिताउने वातावरण सिर्जना गरेको छ । स्वास्थ्यप्रति सचेत नागरिकहरू बिहान, बेलुका व्यायाम, योग तथा पदयात्राका लागि सार्वजनिक पार्क पुग्ने गरेका छन्। पार्कहरूले शारीरिक तथा मानसिक स्वास्थ्य प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेपनि प्रयोगकर्ताले केही आधारभूत पूर्वाधार थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
नियमित सरसफाइ, हरियाली संरक्षण तथा व्यवस्थापनका कारण यी पार्कहरू स्थानीयवासीका साथै आन्तरिक पर्यटकको समेत आकर्षण बन्दै गएका छन्। पार्क पुग्नेहरूले खुला वातावरणमा समय बिताउँदा मानसिक शान्ति मिल्ने, परिवारसँग गुणस्तरीय समय बिताउने अवसर प्राप्त हुने र बालबालिकाको शारीरिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने बताएका छन्। ज्येष्ठ नागरिकहरूका लागि पनि पार्क नियमित भेटघाट, हिँडडुल र स्वास्थ्य प्रवद्र्धन गर्ने सार्वजनिक स्थलका रूपमा स्थापित हुँदै गएको छ । तर केही पार्कमा खेल सामग्रीको नियमित मर्मत, सफा शौचालय,पर्याप्त प्रकाश र सुरक्षा व्यवस्थालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।
सम्बन्धित निकायले यस्ता पक्षमा निरन्तर सुधार गर्न सके सार्वजनिक पार्कहरू अझ व्यवस्थित, सुरक्षित र सबै उमेर समूहका नागरिकका लागि आकर्षक गन्तव्य बन्ने छ । सार्वजनिक पार्क केवल मनोरञ्जनका स्थल मात्र नभई स्वस्थ, सक्रिय र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्ने साझा सार्वजनिक सम्पत्ति हुन् । त्यसैले यस्ता पार्कको संरक्षण, विस्तार र प्रभावकारी व्यवस्थापन अहिलेको आवश्यकता हो ।




