बाङलादेशमा एक साताका लागि कडा निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बाङलादेशमा एक साताका लागि कडा निषेधाज्ञा

एजेन्सी । कारोनाबाट मृत्यु हुनेको संख्या उच्च भएपछि बाङलादेशमा एक साताकालागि कडा निषेधाज्ञा लगाइएको छ । बङलादेशमा कोरोना महामारी नियन्त्रण गर्न सरकारले सार्वजनिक आवागमन, सरकारी र गैरसरकारी संस्था र व्यवसायहरुमा पूर्ण रुपमा हप्तादिन लामो निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञाको आदेश कार्यान्वयनकालागि सेना र सीमा गार्ड परिचालन गरेको छ । पछिल्लो तीनदिन सामाजिकआवतजावत र व्यवसायहरुमा लगाइएको देशव्यापी प्रतिबन्धको प्रतिकारमा सार्वजनिक आन्दोलन भएका छन् । एक साता लामो प्रतिबन्ध लगाउनुपूर्व तीनदिनको सीमित क्षेत्र र सार्वजनिक आवतजावतमा रोक लगाइएको थियो ।

तर त्यहाँका नागरिकहरु आदेशको अवहेलना गरेर कोरोना महामारीकाबीच आदेशको बिरोधमा सडकमै उत्रेका थिए । क्षेत्रफलले सानो भएपनि जनसंख्याको बढी चाप भएको बंगलादेश भारतसगँ सिमाना जोडिएकै कारण डरलाग्दो अवस्थामा पुगेको अनुमान छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको डेल्टा भेरिएन्टले ठूलो आतंक मच्चाएको थियो ।

जोडिएको सिमानाकै कारण बाङलादेशमा संक्रमितको संख्या बढदो क्रममा देखिएको बताइन्छ । बिहिबारदेखि देशमा कडा लकडाउन कुनै पनि व्यक्तिले उलंघन गरेको पाइएमा कडा सजायको व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);