अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तानको बग्राम शहर छाड्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तानको बग्राम शहर छाड्यो

एजेन्सी । अमेरिकी सेनाले २० वर्षपछि अफ्गानिस्तानको बग्राम शहर छाडेको छ ।

अमेरिकी र उत्तर एटलान्टीक संगठन नाटो सेनाले आतंकवादको विरोधी युद्धको केन्द्र रहेको बग्राम हवाई शिविर छोडेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

बग्राम हवाई शिविरको क्षेत्र अफगान राष्ट्रिय सुरक्षा एवम् रक्षा बललाई सुम्पिएको छ । आगामी सेप्टेम्बर ११ सम्म अफगानीस्तानबाट अमेरिकी सेना फिर्ता गरिसक्ने योजना अन्तर्गत सेनाले उक्त क्षेत्र छाडेको हो । यसले अफगानिस्तानबाट विदेशी सेनाको पूर्ण बहिर्गमनको प्रक्रिया सुरुभएको अधिकारीहरुले जनाएका छन् ।

यद्यपी अफगान सुरक्षा बलको निर्णय अधिकार अहिले पनि अमेरिकी शीर्ष कमान्डर जनरल अस्टिन एस मिलरसंगै रहेको बीबीसिले जनाएको छ ।सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावरमा आतंकवादी आक्रमण भएपछि अमेरिकी सेना ब्रगाम शहरमा पसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);