निषेधाज्ञाका कारण झापामा सवारीका साधन आंशिक रुपमा मात्र संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निषेधाज्ञाका कारण झापामा सवारीका साधन आंशिक रुपमा मात्र संचालन

झापा । निषेधाज्ञाका कारण झापामा निजी र सार्वजनिक सवारीका साधनहरु आंशिक रुपमा मात्र संचालनमा आएका छन् । निषेधाज्ञाभर निजी र सार्वजनिक दुवै सवारी साधन संचालनमा जोरबिजोर प्रणाली लागु गरिएको छ । नियम उल्लघन गर्ने सयौँ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहान ६ बजेबाट ११ बजेसम्म खुलेका बजार र पसल समेत बन्द गरिएको छ । बैशाख १९ गते मध्यरातबाट २६ गते आइतबार मध्यराती १२ बजेसम्मका लागि झापामा निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा उल्लंघन र आदेशको अवहेलना गर्ने वा काममा बाधा पु¥याउनेलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

कोरोना संक्रमणले ग्रस्त भारतसँग १ सय ४४ किलोमिटर खुल्ला सिमाना जोडिएको झापामा दोस्रो लहरको कोरोना तिब्र रुपमा समुदायमा फैलन सुरु भएसँगै ७ दिनकालागि निषेधाज्ञा जारी गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);