झापामा बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

झापामा बैशाख मसान्तसम्म पूर्ण निषेधाज्ञा

झापा जिल्लामा दोश्रो भेरियन्टको कोरोना संक्रमितको संख्यामा तीब्र रुपमा बढीरहेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले आज मध्यराती १२ बजेदेखि लागू हुनेगरी बैशाख ३१ गते मसान्तका दिन सम्म पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ ।

यसअघि जारी गरेको निषेधाज्ञामा यातायात जोरविजोर प्रणालीमा संचालन हुदै आएका थिए भने बजार पसल समेत खुल्ला थिए । निषेधाज्ञाकोे पालना पनि भएको थिएन् ।

पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा जारी निषेधाज्ञामा औषधी , खाद्यवस्तु तथा अत्यावस्यक खरिद गर्न बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन निषेध गरिएको छ ।

यसअघि आलो पालोमा संचालन हुदै आएका यातायातका सबारी साधन संचालनमा समेत पूर्ण रुपमा रोक लगाइएको छ । तर खाद्यबस्तु, तरकारी, फलफूल, खाना पकाउने ग्यास, दुध डेरी, निर्माण सामाग्रीहरुका सवारी साधन भने चल्न पाउने छन् । त्यस्तै सरकारी, सार्वजनिक तथा अत्यावश्यक सेवाका कर्मचारीलाई कार्यालयको परिचय पत्रका आधारमा सवारी साधन चलाउन दिने जनाइएको छ ।

त्यस्तै खाद्यबस्तु, तरकारी, फलफूल, ग्यास, दुध डेरी लगायत अत्यावश्यक पसल व्यवसायहरु भने विहान ६ बजेदेखि १० बजेसम्म खोल्न पाइने छ भने हाटबजार, मेला, जात्रा, महोत्सव, पार्टी, भोज लगायत भिडभाड हुने कार्य गर्न रोक लगाएको छ ।

सरकारी र सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा अनावस्यक भिडभाड हुन नदिने र अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य कार्यालयमा आलोपालो पद्धति अनुसार कर्मचारी खटाई काम गर्न भनिएको छ ।

त्यस्तै घरबाट नै गर्न सकिने कामको हकमा ओर्क फ्रम होमको व्यवस्था गर्न भनिएको छ । आलोपालोमा अनुपस्थित हुने कर्मचारीको हकमा कार्यालय प्रमुखले कोभिड काज जनाउने भनिएको छ ।

त्यस्तै समाचार संकलन गर्ने पत्रकारहरुको हकमा सूचना विभागले प्रदान गरेको प्रेस पास वा नेपाल पत्रकार महासंघको परिचय पत्र वा संबन्धित मिडिया हाउसको परिचय पत्र देखाएमा सवारी साधन चलाउन पाउने जनाइएको छ ।

राष्ट्रिय गौरव र महत्वका आयोजनाका निर्माण सामाग्री बोकेका सवारी साधन पनि चल्न पाउने छन् । त्यस्तै सीमा नाकाहरुबाट विदेशीलाई नेपाल प्रबेशमा पूर्ण निषेध गरिएको छ भने स्वदेशीहरुको परीक्षण गरि संबन्धित स्थानयि तहमा पठाउने जनाइएको छ ।

पछिल्ला दिनहरुमा झापामा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्न थालेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ७ सय ४१ छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);