बारामा ३४० जना कोरोनाका नयाँ संक्रमित , १३ को मृत्यु , अनिश्चितकालिन निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बारामा ३४० जना कोरोनाका नयाँ संक्रमित , १३ को मृत्यु , अनिश्चितकालिन निषेधाज्ञा जारी

बारा । बिश्व भर कोरोना भाइरस महामारीको दोश्रो चरणको कोरोना संक्रमण बढ्दो क्रममा रहेको छ । हाम्रो मुलुक पनि अछुतो रहेको छैन । यो सामाचार तैयार पार्दा बारामा मात्रै मंगलवार सम्म कोरोनाका नयाँ सक्रमितको संख्या ३ सय ४० पुगेको छ । १३ जनाको भने मृत्युु समेत भईसकेको छ ।

यस जिल्लाका कोरोना संक्रमित तथा मृतकहरू अधिकांश कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका बासिन्दाहरू रहेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बारामा पनि वैशाख २३ गते बिहान ६ बजे देखि अर्को आदेश जारी नभए सम्मका लागि अनिश्चितका लागि निषेधाज्ञा जारी गरिएको छ ।

मंगलवार २१ गते साँझ बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबाट जारी गरिएको निषेधाज्ञा आदेशमा वैशाख २३ गते बिहान ६ बजे देखि अर्को आदेश जारी नभए सम्मका लागि निषेधाज्ञा लगाईएको जनाईएको छ ।

निषेधाज्ञा आदेशमा अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्कने , खाद्यान्न , साग सब्जी , माछा मासु , औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिवार बाहेक प्रत्येक दिन बिहान ६ बजे देखि ११ बजे सम्म मात्र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यसैगरी हाट बजार , मेला , जात्रा जस्ता भिडभाड हुँने कार्यक्रम गर्न नपाइँने , दैनिक उपभोग्य बस्तु बिक्रीका लागी सम्बन्धित स्थानीय तहले निर्धारण गरेको स्थानमा भौत्तिक दुरी कायम गरी बिक्री गर्ने , खानेपानी , विद्युत , अस्पताल , जनस्वास्थ्य , हुलाक , टेलीकम , वित्तीय संस्था बाहेकको सार्वजनिक सेवा प्रवाह सञ्चालन नगर्ने निषेधाज्ञामा उल्लेख छ ।

त्यस्तै उद्योग प्रतिष्ठान , बैंक तथा वित्तीय संस्था जस्ता सार्वजनिक निकायमा काम गर्ने कर्मचारी कामदारहरुले परिचय पत्र सहिँत आवत जावत गर्न दिने , उद्योग प्रतिष्ठानले आफ्ना कर्मचारी , कामदारहरुलाई उद्योग प्रतिष्ठान परिसर मैं क्वारेन्टिन राखी उत्पादन कार्यमा लगाउँनु पर्ने आदेशमा भनिएको छ ।

यसैगरी वैशाख २३ गते बाट सार्वजनिक यात्रुवाहक तथा निजी सवारी साधन सञ्चालनमा पुर्ण रुपमा रोक लगाउँने निर्णय गरिएको छ । अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैं परे जनस्वास्थ्यका मापदण्ड अपनाई मात्र निस्कन निर्देश दिईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);